रियल मड्रिडको निराशाजनक प्रदर्शन, रोकियो भिल्लारियलसँग

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले निराशाजनक बराबरी खेलेको छ । बिहिबार राति भएको खेलमा रियलले रेलिगेशन जोनमा रहेको टोली भिल्ला रियलसंग २–२ गोलको बराबरी खेलेको हो । 

रियललाई निराश बनाउन आर्सनलका पुर्व स्ट्राईकर स्यान्टी काजोरलाले दुवै गोल गरे । घरेलु मैदानमा भिल्ला रियललाई सुरुवाती अग्रता दिलाएका उनले अन्तिम समयमा गोल गर्दै अंक खोस्न समेत सफल भए । 

खेलको चौथो मिनेटमा काजोरलाको गोलमार्फत भिल्ला रियलले अग्रता लियो । करिम बेन्जिमाले त्यसको तीन मिनेटपछि बराबरी गोल गरे । राफेल भारानेले २० औ मिनेटमा पाहुना टोलीलाई अग्रता दिलाएपनि खेल सकिन ८ मिनेट बाँकी छदाँ काजोरलाले गोल गर्दै रियलसंग अंक खोस्न सफल भए । 

null

बराबरीसंग रियलले शीर्ष स्थानको बार्सिलोना माथि दबाब बढाउने अवसर गुमाएको छ । 

रियलले १७ खेलबाट ३० अंक जोडेको छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा अझै ७ अंकले पछाडी छ । भिल्ला रियल १६ अंक सहित रेलिगेशन जोनबाट माथि उठेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *