ऋतिक रोशनका बुवालाई क्यान्सर
मकालु खबर
२०७५ पुस २५ गते
पुस २५ । चलचित्र निर्देशक राकेश रोशनलाई क्यान्सर भएको खबर सार्वजनिक भएको छ । राकेशका छोरा तथा अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जालमार्फत् यस कुराको खुलासा गरेका हुन् ।
ऋतिकले उनका पिता राकेशलाई केही हप्ताअघि मात्रै स्क्वामस सेल कार्सिनोमा देखिएको जानकारी गराए ।
null
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहानै मैंले बुवासँग फोटोका लागि अनुरोध गरेँ । थाहा छ मलाई उहाँ सर्जरीको दिनमा पनि जिम गर्न छोड्नुहुने छैन । उहाँलाई घाँटीको क्यान्सर छ र यो पहिलो स्टेजमा छ । उहाँ पुरै जोशमा हुनुहुन्छ र आज रोगसँग लड्दै हुनुहुन्छ ।’
स्क्वामस सेल कार्सिनोमा यस्तो क्यान्सर हो, जो छाला, मुख, घाँटी लगायतको शरीरका भागमा लाग्ने गर्छ ।
मकालु खबर
२०७५ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित