रविन्द्र मिश्र भन्छन्–‘ यसरी पार्टी नै छाडेर जानुपर्ने अवस्था पक्कै थिएन’

 

पुस २८, काठमाडौं । पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले बताएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै मिश्रले पार्टी फुटेपनि आफूहरुको अभियान नरोकिने जिकिर गरेका छन् ।  

पार्टीका अर्का संयोजक उज्वल थापासहित १६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएपछि धर्मराएका मिश्रले शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत पार्टीमा केहि विमती भएपनि पार्टी फुट्नै पर्ने अवस्था नभएको जिकिर गरे । 

null

‘केहि बैचारिक विमती थियो तर, यसरी पार्टी नै छाडेर जानुपर्ने अवस्था पक्कै थिएन । तथापि, केहि जाँदैमा हाम्रो अभियान रोकिँदैन ।’ मिश्रले भने –‘यो यात्रा कुनै हालतमा रोकिँदैन । साथ दिने साथीहरु देशभर हुनुहुन्छ ।’ 

संयोजक मिश्रले पार्टी छाडेर जानेहरुले आफुलाई लगाएको गलत आरोपले मन दुखेको बताए । ‘त्यसैगरी मैले पनि आरोप लगाएँ भने धेरै आरोपहरु लगाइन सक्छ । तर त्यस्तो हिलो छ्यापाछ्याप गर्ने पक्षमा छैन ।’–उनले भने ।  

संयोजक मिश्रले ०४६ सालपछि बैकल्पिक पार्टी निर्माणका लागि राम्रा मान्छेले धेरै प्रयास गरेपनि सफल नभएको भन्दै भने–‘बैकल्पिक पार्टी निर्माण गर्न चाहनेहरु एक वा अर्को कारणले कि विखण्डित भए, कि अन्त्य भए कि अन्त्यन्त सानो स्तरमा रहे । अहिले हामी त्यहि संक्रमणमा छौं ।’ 

मिश्र भन्छन्–‘हामी यो तीनवटै चुनौतीबाट माथि उठ्छौं भन्ने थियो । जस्तो जटिलता आयो ।’ उनले आफुहरुको पुनः मिलन हुने कुरापनि सुनाए । ‘मलाई त अझै के लाग्छ भने एउटा विन्दु आउँछ, जहाँ हामी फेरि मिल्छौं । र, त्यो विन्दुबाट अझ सशक्त भएर अगाडि बढ्छौं ।’ 

छाडेर जानेहरुले पार्टीमा विधि र प्रक्रिया मिचिएको भन्ने आरोप लगाएको प्रति उनले लत आरोप लगाएको जिकिर गरे । चुनावपछि एक वर्षको अवधिमा पार्टी सञ्चालनका लागि केन्द्रीय समितिले बनाएको विधि प्रक्रियाबारे पार्टी सदस्यहरुलाई जानकारी दिन नसक्नु कमजोरी भएको स्विकार्दै यसैलाई विधि प्रक्रिया मिच्यो भन्न नमिल्ने दावि गरे ।  

मिश्रले आफुले पार्टीको विधि र प्रक्रिया नमिचेको बरु पार्टीका अर्का संयोजक उज्वल थापाले विधि प्रक्रिया मिचेर समिक्षा प्रतिवेदन लेखेको दावि गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *