नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

 

माघ ६, काठमाडौँ । थाइल्याण्ड टि–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ । 

समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली फाइनल खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । 

null

थाइल्याण्डमा शनिबार सम्पन्न फाइनल खेलमा थाइल्याण्डसँग ७० रनले पराजित भएपछि उपाधि विमुख बनेको नेपाल दोस्रो स्थानमा रह्यो । 

शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियालाई ९२ रनले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको तथा दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको थियो । 

त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०लाई छ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो । 

अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजीक पुगेको नेपालको उपाधि जित्ने सपना यस पटक पनि पूरा हुन सकेन । यसअघि सन् २००७ मा पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता एसिसी वुमेन्स च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *