शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी छोट्याउँदै सिटी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वल्भ्सलाई ३–० ले हराउँदै शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी छोट्याएको छ। 

सिटीले घरेलु मैदानमा सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सलाई सहजै हराउने क्रममा गाब्रियल जेससले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो। 

खेलको १०औं मिनेटमा जेससले गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए। १९ औं मिनेटमा वल्भ्स १० खेलाडीमा समेटियो। वल्भ्सका विली बोलीले बर्नाडो सिल्भामाथि अनावश्यक ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए। 

null

खेलको ३९ औं मिनेटमा सिटीले पेनाल्टीमार्फत अग्रता दोब्बर पार्‍यो। जेससले पेनाल्टीमा कुनै गल्ती गरेनन्। पहिलो हाफमा २–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप एक गोल गर्‍यो। 

खेलको ७८औं मिनेटमा कोनोर कोडीले आत्मघाती गोल उपहार दिएपछि सिटी ३–० ले विजयी हुन सफल भयो। 

यो जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी छोट्याउँदै चारमा झारेको छ। सिटीको २२ खेलबाट ५३ अंक पुगेको छ। समान खेलबाटै शीर्षस्थानमा रहेको लिभरपलुको ५७ अंक छ। टोटनह्याम ४८ अंकसहित तेस्रो स्थानमा हुँदा ४७ अंक जोडेको चेल्सी चौथो स्थानमा र आर्सनल ४१ अंकसहित पाँचौ स्थानमा छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *