फलाम खानीको बाँध भत्किँदा ३४ जनाको मृत्यु, तीन सयभन्दा धेरै बेपत्ता

ब्राजिलको एउटा कच्चा फलाम खानीमा रहेको बाँध भत्किँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ । ३ सय भन्दा धेरै हराइरहेका छन् । 

५० जनाको जीवितै उद्दार गरिएको बीबीसीले जनाएको छ । उद्दार गरिएकामध्ये २३ जनाको उपचार भइरहेको छ । ब्राजिलको दक्षिण पूर्वस्थित मेनस जेराइस राज्यको ब्रोम्हेडिन्हो शहर नजिकै रहेको खानीमा कामदारले खाना खाइरहेका बेला शनिबार बाँध भत्किएको हो । 

बाँध भत्किँदा हराइरहेकाको खोजी भइरहेपनि उनीहरुलाई जिवितै भेट्ने सम्भावना कम मात्र रहेको सरकारी अधिकारीले बताएका छन् । ब्राजिलकै ठूलो मध्येको एक प्राकृतिक विपत्ति मानिएको मेरियाना बाँध भत्किएको ३ वर्षपछि यो घटना भएको हो ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *