८ सय वर्ष पुरानो प्रथा तोडेर पहिलो पटक मन्दिर प्रवेश गरे दुई महिला

 

पुस १८, काठमाडौँ । भारतको करेलास्थित सबरीमाला मन्दिरमा बुधबार अन्दाजी ५० वर्षभन्दा कम उमेरका दुई महिला प्रवेश गरेका छन् । त्यसपछि मन्दिरको शुद्धिकरण गरियो ।  

मुख्यमन्त्री पिनरई विजयनले महिला श्रद्धालुको पूरा सुरक्षा दिन निर्देशन दिए । भारतको सर्वोच्च अदालतले सबरीमाला मन्दिरमा प्रवेश गर्न अनुमति दिएको तीन महिनापछि पहिलो पटक महिलाले सबरीमालामा भगवान अयप्पाको दर्शन गरेका हुन् । 

null

 

मन्दिरको ८०० वर्षको इतिहासमा पहिलो पटक महिलाले यहाँ प्रवेश पाएका हुन् । याे मन्दिरमा महिलालाइ प्रवेश गर्न राेक लगाइएकाे थियाे । बिन्दु र कनकदुर्गा नाम गरेका दुई महिलाले आज बिहान करिब ४ बजे मन्दिर प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

भारतको सर्वोच्च अदालतले सबरीमाला मन्दिरमा महिलाहरुको प्रवेशमा रोक लगाउनु मानव अधिकारको उल्लंघन भएको भन्दै केही महिनाअघि फैसला गरेको थियो। त्यसछि हालसम्म करिब १५ महिलाहरुले मन्दिर प्रवेशको प्रयास गरेका थिए। तर, हिन्दुवादी समूहले उनीहरुलाई प्रवेश गर्न रोक्दै आएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *