कप्तान मेस्सी र स्वारेजको गोलमा बार्सिलोनाले गेटाफेलाई हरायो

 

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले जित निकालेको छ ।  आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २ – १ गोल अन्तरले पराजित गरेको हो ।  

गेटाफेको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र लूइस स्वारेजले एक एक गोल गरे ।  गेटाफेका जेमी माटा एक गोल फर्काए ।  

null

 

खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता २ – ०  बनाए । त्यसपछि खेलको ४३ औं मिनेटमा गेटाफेका माटाले एक गोल फर्काएपछि पहिलो हाफमा बार्सिलोनाले २ – १ को अग्रता बनायो । 

दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल बार्सिलोनाले २ – १ ले आफ्नो बनायो । 

जितसंगै बार्सिलोनाले शीर्ष स्थानको अग्रता ५ अंकको बनाएको छ । बार्सिलोनाले १८ खेलबाट ४० अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३५ अंक छ । पराजित गेटाफे २५ अंकसहित सातौं स्थानमा छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *