बेलायतकी प्रधानमन्त्री टेरेसालाई विश्वासको मत प्राप्त

लण्डन। बेलायतकी प्रधानमन्त्री टेरेसा मे ले संसदमा विश्वासको मत पाएकी छन् । उनलाई झिनो मतले संसदमा विश्वासको मत प्राप्त भएको हो । एकदिन अघि गएको मंगलबार बेलायती संसदले युरोपेली संघ(इयु) बाट बेलायत बाहिरिने (बे्रक्जिट) सम्बन्धी प्रधानमन्त्री टरेसा मे को योजना अस्वीकृत गरेको थियो । 

तर, बुधबार (नेपाली समयअनुसार गएराति) तल्लो सदन हाउस अफ कमन्समा भएको मतदानमा प्रधानमन्त्री मेको पक्षमा ३२५ र विपक्षमा ३०६ मत परेको छ । 

विश्वासको मत पाएपछि बोल्दै मे ले आफूले यो मतलाई हल्का रुपमा नलिएको बताउँदै आफू देशको प्रगतिको लागि लागिपर्ने जनाएकी थिइन् । उनले सांसदहरुलाई निजी स्वार्थबाट टाढा रहेर ब्रेक्जिटको बारेमा सहमति खोज्न आग्रह गरेकी छन् । 

null

मंगलबारमात्रै भएको मतदानका क्रममा प्रधानमन्त्री मेको योजनाको विपक्षमा ४३२ मत परेको थियो भने पक्षमा २०२ मत परेको थियो । प्रधानमन्त्री मे को कन्जरभेटिव पार्टीका ११८ सांसदले विपक्षीसँग मिलेर विपक्षमा मत हालेका थिए । तर, विपक्षका तीन जना सांसदले भने प्रधानमन्त्री मे को पक्षमा मतदान गरेका थिए। 

प्रधानमन्त्रीको योजना असफल भएपछि विपक्षी लेबर पार्टीले प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव गरेको हो । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्रीको योजना असफल हुनु भनेको उनलाई संसदको विश्वास छैन भन्ने कुरा पुष्टि हुनु भएको बताएका थिए ।  

ब्रेक्सिटको बारेमा भएको झड्काका बारेमा भने प्रधानमन्त्री मेले कसरी भावी दिशा तय गर्छिन् भन्ने कुरा अझै अन्योल छ मंगलबार नै कतिपय सांसदहरुले आफूहरुले ब्रेक्जट योजनामा मात्रै विरोध जनाएको प्रधानमन्त्रीको विरोध नगरेको जनाएका थिए । बुधबारको मतदानबाट पनि यही कुरा पुष्टि भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *