लियोनल मेस्सी कोपा अगाडी नै राष्ट्रिय टोलीमा फर्कन सक्ने

एजेन्सी । अर्जेन्टिनी फुटवल टीमका कप्तान लियोनल मेस्सी कोपा अमेरिका अगावै राष्ट्रिय टीममा फर्कने संकेत मिलेको छ । भेनेज्वेलाको फुटबल संघले अर्जेन्टिनासँग यसै वर्ष मैत्रीपूर्ण फुटबल खेल्ने घोषणा गरेसँगै उक्त खेलमा मेस्सी फर्कने संकेत देखिएको हो ।  

भेनेज्वेलाको संघले अर्जेन्टिनी फुटबल संघसँगको समझदारीमा दुई देशबीच मैत्रीपूर्ण खेल खेलाउने तयारी गरेका छन् । र, यो खेल स्पेनस्थित बार्सिलोनाको रंगशाला क्याम्प नोउमा हुने सम्भावना भएको स्पेनिस मिडिया मार्साले लेखेको छ ।खबरअनुसार यो खेलको अहिले नै मिति भने तय भइसकेको छैन । तर, मार्च २२ वा २६ मध्ये कुनै एक मितिमा यो खेल हुनेछ । 

 

null

रसिया विश्वकपपछि अर्जेन्टिनी टोलीबाहिर रहँदै आएका लिओनल मेस्सी पनि यसै खेलबाट राष्ट्रिय टोलीमा फर्किने सम्भावना बढेको छ । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीलाई सकेसम्म चाँडो राष्ट्रिय टोलीमा फर्काउने योजना अनुसारै यो खेल स्पेनमै खेलाउने योजना बनाएका हुन् । 

स्कालोनीले मेस्सीलाई बार्सिलोनास्थित घरेलु रंगशालामा अर्जेन्टिनी जर्सीमा उतार्ने योजना बनाएका छन् । र, उनले यसबारे मेस्सीसँग कुरा गरिरहेका छन् । यदि मेस्सी सहमत भए यो खेल स्पेनमै हुनेछ, त्यो पनि बार्सिलोनाकै मैदानमा । 

यसअघि मेस्सीले कोपा अमेरिका फुटबलमा आफू राष्ट्रिय टोलीमा फर्किने बताइसकेका छन् । तर, स्कालोनीले राष्ट्रिय टोलीबाट ठूला खेलका लागि मेस्सीलाई मानसिक रूपमा तयार पार्न पनि भेनेज्वेलासँगको यसै खेललाई सही समय ठानेका छन् । 

अझ स्कालोनी त यो खेल बार्सिलोनाकै घरेलु मैदान क्याम्प नोउमा गराउन जुटेको ‘मार्सा’ ले जनाएको छ । उनले मेस्सीलाई अर्जेन्टिनी १० नम्बर जर्सीमा फर्काउन उनकै घरेलु मैदान सही हुने ठानेर यस्तो योजना बनाएका हुन् । 

यदि भेनेज्वेला र अर्जेन्टिनाको खेल बार्सिलोनाको रंगशालामा गराउन मेस्सी र बार्सिलोना नमानेको खण्डमा मात्रै एथ्लेटिको मड्रिडको रंगशाला वान्डा मेट्रो पोलिसानोमा हुनेछ । 

रसिया विश्वकपमा अर्जेन्टिना अन्तिम १६ मा फ्रान्ससँग ४–३ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो । त्यसपछि मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छैनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *