मलेसियाका राजाले किन त्यागे राजगद्दी ?

मलेशियाको इतिहासमा पहिलो पटक त्यहाँका राजा सुल्तान मुहम्मद पाँचौँले अप्रत्याशित रुपमा गद्दी त्याग गर्ने घोषणा गरेका छन्। 

६० वर्ष पहिले ब्रिटेनबाट स्वतन्त्र भएको मलेशियाका कुनै पनि राजाले अहिलेसम्म त्यसरी राजगद्दी छोडेका थिएनन्।मलेशियाको राजदरबारले राजा सुल्तान मुहम्मद पाँचौँको राजीनामाको कुनै कारण खुलाएको छैन।  

गत नोभेम्बरमा उनी औषधोपचारका लागि छुट्टीमा गएका थिए। त्यसपछिको महिना मस्कोमा पूर्व मिस मस्कोसँग उनको विवाहका तस्बिरहरू बाहिर आएका थिए। उनीबारे फैलिएको हल्ला र उनको स्वास्थ्य स्थितिबारे अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। 

null

राजदरबारबाट निकालिएको एउटा वक्तव्यमा राजा सुल्तान मुहम्मद पाँचौँले मलेसियाका जनतालाई सधैँ एकतामा बाँधिरहन, आपसमा सद्भाव कायम गर्न र सँगै काम गर्न भनेका छन्। 

वक्तव्यमा राजा मुहम्मद पाँचौँ जसले सन् २०१६ को डिसेम्बरमा राजगद्दी सम्हालेका थिए उनी केलान्तानस्थित आफ्नो घर फर्कन तयार भएको उल्लेख गरिएको छ। 

नयाँ राजाको छनौट नहुञ्जेल उनी कार्यकारी भूमिकामा रहने बताइएको छ। उनी राजा बन्दा ४७ वर्षका थिए। उनी चुनौतीपूर्ण खेलहरूमा रुचि राख्थे। उनले युवाहरूको हितमा काम गर्न अपेक्षा मलेशियाका जनताले गरेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *