नेपाल VS युुएई: एक दिवशीय क्रिकेटको पहिलो खेल आज ११:१५ मा सुरु हुुँदै

काठमाडौं । एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो एकदिवसीय क्रिकेट खेल्दैछ। दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा नेपाल र युएईबीचको पहिलो खेल नेपाली समय अनुसार बिहान ११:१५ मा सुरु हुनेछ। 

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले शुक्रबार पहिलो खेल खेल्न लागेको हो । नेपालले घरेलु टोलीसंग ३ एकदिवसीय र ३ टी- ट्वान्टी सिरिज खेल्नेछ । 

पहिलो एकदिवसीय सिरिजमा युएईलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ । तर, नेपाललाई जित निकाल्न निकै कठिन भने हुनेछ । किनकी पछिल्लो समय नेपाली क्रिकेटमा युएई बाधक बन्दै आएको छ । 

null

मलेसियामा सम्पन्न एसिया कप छनोटमा नेपाल ७८ रनले पराजित भएको थियो । यस्तै नेपाल विश्व क्रिकेट लिग डिभिजन-२ को फाइनलमा युएईसंग ७ रनले पराजित भएको थियो । त्यसअघि समूह चरणकै खेलमा भने नेपालले युएईलाई ४ विकेटले हराएको थियो ।  

नेपाली क्रिकेटका लागि यस सिरिज निकै महत्वपूर्ण रहेको छ ।  युएईसंगको सिरिजपछि नेपाल आईसीसीको विश्व वरियतामा समावेश हुनेछ । विश्व वरियतामा पुग्न कम्तिमा ३ देखि ४ अन्तराष्ट्रिय खेल खेल्नुपर्ने हुन्छ । नेपालले तीन एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । 

नेपालको यो चौथो एकदिवसीय खेल हुनेछ । जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको नेपालले गत असारमा नेदरल्याण्डसंग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १-१ को बराबरीमा सकीएको थियो । 

नेदरल्याण्डसंग खेलेको करिब ७ महिनापछि नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्न लागेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *