मेस्सीले बनाए कीर्तिमान, बार्सिलोनालाई पाँच अंकको अग्रता

बार्सिलोना फरवार्ड लियोनल मेस्सीले ला लिगामा ४०० गोलको कीर्तिमान बनाएका छन् । आइतबार राति बार्सिलोनाले एइबारलाई ३–० ले हराउने क्रममा मेस्सीले एक गोल गर्दै ला लिगाको यो कोषेढुंगा पार गरेका हुन् । 

मेस्सी ला लिगाको सर्वकालीन सर्वाधिक गोलकर्ता समेत हुन् । मेस्सीले ४०० गोल पूरा गर्नका लागि ४३५ खेल खेलेका छन् । युरोपको कुनै एउटा लिगमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका मेस्सीले दोस्रो हाफमा ब्यक्तिगत दोस्रो गोल गर्ने राम्रो मौका पाएका थिए । तर एइबारका गोलकिपर एसियर रियस्गोले उत्कृष्ट बचाउ गरे । 

युरोपको शीर्ष पाँच लिगमा ४०० गोल पूरा गर्ने जम्मा दुई खेलाडी छन् । रोनाल्डोले ४०९ गोल बनाइसकेका छन् । रोनाल्डोले इंग्ल्याण्ड, स्पेन र इटलीका लिगमा गरी ५०७ खेल खेलेका छन् । 

null

एइबारलाई ३–० ले हराउँदा मेस्सीले एक गोल गर्दा लुइस स्वारेजले दुई गोल गरे । स्वारेजले १९ औं र ५९औं मिनेटमा गोल गरेका थिए । मेस्सीले स्वारेजको पासमा ५३ औं मिनेटमा यो महत्वपूर्ण गोल गरेका थिए । 

जितसँगै बार्सिलोनाले पाँच अंकको अग्रता लिएको छ । उसको १९ खेलमा ४३ अंक छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३८ अंक छ । 

एट्लेटिकोले आइतबार राति लेभान्टेलाई १-० ले हराएको थियो । तेस्रो स्थानको सेभिया भने एथल्टिक बिल्बाओसँग २-० ले पराजित भयो । पराजयपछि सेभिया शीर्ष स्थानको बार्सिलोनाभन्दा १० अंकले पछि परेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *