नेपाली स्टिकर र इमोजी सहितको हाम्रो नेपाली किबोर्ड

 

पुस १८, काठमाडौँ । हाम्रो नेपाली किबोर्डले नेपाली स्टिकर र इमोजीसहितको हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण गुगल प्लेस्टोरमा सार्वजनिक गरेको छ । 

नव वर्ष सन् २०१९ को अवसर पारेर सार्वजनिक गरिएको नयाँ संसकरणको किबोर्डमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरुसहितको स्टिकर राखिएको छ । 

null

 

मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । 

नेपालीपारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा वमैचा समेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएको छ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । 

 

त्यस्तै हाम्रो नेपाली किबोर्डको उक्त संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मनपर्ने थिम छान्न सकिनेछ । 

 

डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ । चलन चल्तिको ‘बकमानसिपवज’ देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन’, रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत् नै छन् । 

हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा प्रयोगकर्ताको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपिएको छ । जुन इमोजीहरु जुनसुकै एपमा सजिलैसँग राख्न तथा शेयर गर्न सकिन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *