रोनाल्डो पेनाल्टीमा चुके, युभेन्ट्सको सहज जित

एजेन्सी  । लिग लिडर युभेन्ट्सले सहज जित निकालेको छ । इटालियन सिरी ए फुटबलमा सोमबार राति युभेन्ट्सले चिभोलाई ३ – ० गोल अन्तरले हराएको हो । 

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन डुग्लास कोष्टा, इम्री क्यान र ड्यानिली रुगानीले समान एक एक गोल गरे । 

खेलको १३ औ मिनेटमा कोष्टाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता बनाएको थियो । ४५ औ मिनेटमा क्यानले गोल गर्दै युभेन्ट्सको अग्रता २ – ० को बनाए । त्यसपछि खेलको ८४ औ मिनेटमा रुगानीले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे । 

null

युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने पेनाल्टीमा गोल गर्न चुकेका छन् । खेलको ५३ औ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्न असफल भए । उनको प्रहार चिभोका किपर स्टेफानोले उत्कृष्ट बचाउ गरे । 

जितसंगै युभेन्ट्सले लिगमा शीर्ष स्थानको अग्रता ९ अंकको बनाएको छ । युभेन्ट्सले २० खेलबाट ५६ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको ४७ अंक छ । पराजित चिभो ८ अंकसहित लिगको पुछारमा छ । 

सिरी ए को अर्को खेलमा एसी मिलानले जिओनालाई २- ० गोल अन्तरले हराएको छ । मिलानको जितमा फाबियो बोरिनी र सुसोले एक एक गोल गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *