तीन खेलको एक दिवसीय सिरिज: नेपाल र युएईबीचको अन्तिम खेल आज कसले जित्ला ?

काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा आज नेपाल र युएईले प्रतिस्पर्धा गर्दैछन् । 

आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा दुवै टिम जितको खोजिमा हुनेछन् । खेल विहान ११ बजेर १५ मिनेटमा सुरु हुने छ । 

पहिलो खेलमा युएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले युएईलाई १४५ रनले पराजित गर्न सफल भएको थियो । आज एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पनि दोस्रो खेलको जस्तै नतिजा निकाल्ने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ । 

null

युएईलाई पराजित गर्दै सिरिज जितेमा नेपालको लागि यो ऐतिहासिक सिरिज हुनेछ । गत वर्षको चैतमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो । तर यो सिरिजमा भने नेपालले नेदरल्यान्ड्ससँग १–१ को बराबरीमा सकाएको थियो । 

युएईसँग आज हुने एक दिवसीय खेलपछि नेपालले तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *