कार्यक्रमबाट उठेको रकम सामाजिक क्षेत्रमा खर्च
पुस २०, धरान । गत पुष १० गते सुनसरीको धरान १६ स्थित क्षेत्रिय रंगशालामा द बर्गर हाउसले आयोजना गरेको गजेन्द्र बर्मा लाईभ ईन धरान नामक कार्यक्रमबाट उठेको रकम सामाजिक क्षेत्रमा खर्च गरेका छन् ।
कार्यक्रम गर्दा करिब १५ लाख रुपैँया घाटा भएपनि संयोजक रबि राई र रोजन रणपहेलीले बाचा गरे अनुसारको सहयोग गरेका हुन । कार्यक्रममा टिकटबाट उठेको ४२ हजार रकम मध्येबाट सहि सदुपयोग गर्दै आयोजकले धरान २ छाताचोक स्थित पुर्नस्थापना गृहमा बस्ने आश्रितहरुलार्ई नगद रु २० हजार मुल्य बराबरको जाडोको कपडा प्रदान गरि सो बाचा पुरा गरेका हुन ।
null
शुक्रबार हाउसमै पत्रकार सम्मलन मार्फत सो साम्रगी पुर्नस्थापना गृहलाई प्रदान गर्नुका साथै धरान १७ बिजुवा मार्ग स्थित रहेको जानुका बिकको घर निर्माणका लागी सहयोगार्थ स्वरुप नगद २० हजार समेत प्रदान गरेका छन ।
कार्यक्रममा नेपाली काग्रेस क्षेत्रीय सभापति सुरेश मान श्रेष्ठको हातबाट सो रकम तथा लता कपडा बितरण गरिएको थियो भने सो साम्रगी धरान पुर्नस्थापना गृहका प्रमुख भिम राई तथा जानुका बिक घर निर्माण अभियानका अगुवा तथा पत्रकार जनकऋषि राईले ग्रहण गरेका थिए । हाल पुर्नस्थापना गृहमा करिब २५ जना आश्रति बालबालिका रहेपनि अति अपाङगता भएकाहरु दिया खवास, गीता राई, सुस्मीता राई, सिता परियार, रत्न मोती राई, चन्द्र राई, अर्पण राई, बिपी कुमार, महेन्द्र राई, किशोर थापा मगर, धुब्र क्षेत्री, शुकु शाह, उमेश देवान, बिमल परियार, मिलन लिम्बु, अंकिता लिम्बु, टंक बहादुर लिम्बु र लोकनाथ पोखरेल लाई सो जाडोको कपडा प्रदान गरिएको थियो ।
जहाँ हरेक व्यक्तिले ज्याकेट, टोपी, मफलर, मोजा पाएका थिए । सोही सम्मेलनमा बोल्दै नेपाली काँग्रेस क्षेत्रिय सभापती श्रेष्ठले गरीब असाहाय तथा अपाङताहरुका लागी गर्नै सहयोग अपरिहार्य भएको भन्दै यसरी सबै क्षेत्रबाट सानो भएपनि सहयोग गर्नु जरुरी रहेको बताए । साथै उनले आफना पार्टी तथा संगठनका तर्फबट समेत बिभिन्न क्षेत्रका अनाथलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
समाजमा नै सहकार्य गर्नै उदेश्यले गरिएको सो कार्यक्रमको तयारी गर्ने समय र प्रायोजकहरुले पूर्ण रुपमा आफुहरुलाई साथ नदिएकै कारण समस्या आएको आयोजकको गुनासो रहेको थियो ।