अविनासले पनि लिए विकेट

 

माघ १७, काठमाडौं । युएई विरुद्ध पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको नेपाललाई पाँचौ सफलता मिलेको छ । 

टस जितेर पहिले बलिङ गरेको नेपाललाई डेब्यु खेलाडी अविनास बोहराले पाँचौ सफलता दिलाएका हुन् । टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले पाँचौ विकेटको रुपमा शाईमन अनवरलाई ५९ रनमा गुमाएको हो । 

null

युएईले १६ ओभर ५ बल सकिदा ५ विकेट गुमाएर १३४ रन जोडेको छ । 

घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपाल टी–२० सिरिज समेत जित्ने लक्ष्यमा रहेको छ । गत सोमबार युएईलाई ४ विकेटले हराएर नेपालले ३ खेलको एकदिवसीय सिरिज २(१ ले जित्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हात पारेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *