मोरटाको गोलमा चेल्सीको जित

एजेन्सी  । चेल्सी इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो चरणको खेलमा फोरेष्टलाई २ – ० ले हराएर चेल्सीले चौथो चरणको यात्रा तय गरेको हो  । 

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन अल्भारो मोराटा नायक बने । मोराटाले नायक बन्दै दुई गोल गरेपछि चेल्सीले चौथो चरणको यात्रा सुनिश्चित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मोराटाले दुई गोल गरेका थिए । खेलको ४९ औं मिनेटमा मोराटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

त्यसपछि खेलको ५९ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २ – ० को जित दिलाए । त्यसअघि खेलको पहिलो हाफमै चेल्सीले गोल गर्ने मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेनन् । खेलको ३१ औं मिनेटमा चेल्सीका सेस फेब्रिग्यासले पेनाल्टीमा गोल गर्न सकेनन् ।  

null

एफए कप अन्तर्गत नै एभर्टनले लिनकोन सिटिलाई २ – १ गोल अन्तरले हराएर चौथो चरणमा स्थान बनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *