मन्त्री पण्डितद्धारा विद्यार्थीलाई स्वीटर वितरण

 

पुस २२, बिराटनगर । मोरङको शुन्दर हरैँचा नगरपालिकाका दुई सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । 

तराईमा केही दिन यता बढेको चिसोका कारण सामुदायीक विद्यालयमा अध्यन गर्ने वालवालिकाको उपस्थित न्यून हुन थालेपछि न्यानोका लागि ति विद्यालयमा अध्यनरत वालवालिकालाई आईतबार स्वीटर वितरण गरिएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सहयोगमा मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दर हरैँचा वडा नं. ६ को बुद्ध आधारभूत विद्यालयका ८९ विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो । 

null

त्यस्तै सोही नगरपालिकाको वडा नं. ३ स्थित जनता आधारभूत विद्यालयमा अध्यनरत ६१ विद्यार्थीलाइ पनि स्वीटर वितरण गरिएको छ । आफु निर्वाचित क्षेत्रका विद्यालयमा मन्त्री पण्डितले विद्यार्थीलाई न्यानोका लागि स्वीटर वितरण गरेका हुन् । 

स्वीटर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरी, सुन्दर हरैँचा नगरपालिकाका उपमेयर धना तामाङ, वडा नं. ३ का वडाध्यक्ष जिवन ढुंगाना र छ नं. वडाध्यक्ष जिवन राईले एक कार्यक्रमका विच वितरण गरेका थिए । 

सो अवसरमा बोल्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटि सदस्य सत्यनारायण चौधरीले मन्त्री पण्डितले तराईमा अत्याधिक चिसो बढेका कारण विद्यार्थीको पठन पाठन प्रभावित भएको बताउँदै विद्यार्थीलाई जाडोबाट बच्नका लागि न्यानो कपडा वितरणको सुरुवात गरेको बताए । 

उनले मन्त्री पण्डितले निर्वाचनका समयमा जनता समक्ष गरेको प्रतिवद्धता पुरा गर्ने क्रममा देशमा पहिलो पल्ट तराई मधेश समृद्धि अभियान कार्यक्रम आफ्नै मन्त्रालय मार्फत लागु गरेको र त्यसका लागि दुई अर्ब ५ करोड रुपैयाँ भन्दा बढी बजेट बिनियोजन गरेको जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *