भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी
सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पु-याइएको छ । औषधिहरूको सूची भने गोप्य राखिएको छ ।
प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । प्रतिबन्धको तयारीसँगै विभागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची आफ्नो वेबसाइटबाटै हटाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सरकारले २३ स्वदेशी औषधि उत्पादक कम्पनीको नवीकरण रोकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को असल उत्पादन अभ्यास(जिएमपी) मापदण्ड पूरा गर्न नसक्दा वर्षौँदेखि नेपाली कम्पनीको नवीकरण रोकिएको हो । ३९ वटा उद्योगले औषधि व्यवस्था विभागमा नवीकरणका लागि निवेदन दिएकोमा २३ फर्मास्युटिकल्स प्रालिको नवीकरण रोकिएको छ ।
null
तर, उनीहरूले उत्पादन गरेका औषधि भने बजारभरि छन् । नेपाल औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले धेरै नेपाली औषधि उद्योगले डब्लुएचओको मापदण्ड पूरा गर्न नसकेको बताए । ‘हरेक दुई–दुई वर्षमा उद्योगहरूले जिएमपी मापन गराउनुपर्छ । पास भए नवीकरण हुन्छ, नभए रोकिन्छ’, उनले भने । तर, आर्थिक चलखेलका आधारमा औषधि उत्पादनमा भने कुनै रोक लगाइएको छैन ।