सोनाक्षी सिन्हामाथि लाग्यो ३७ लाख ठगी गरेको आरोप
माघ २, काठमाडौँ । बलिउडकी दबंग गर्ल सोनाक्षी सिन्हामाथि ३७ लाख रुपैयाँ धोखाधडी गरेको आरोप लागेको छ । पुलिसले यस मामिलामा सोनाक्षीसहित सबै आरोपितलाई सूचना पठाएको छ ।
यस मामिलामा उजुरीकर्ताले कारबाही नभए आत्महत्या गर्ने धम्की दिएका थिए । धम्कीपश्चात् प्रहरीले अनुसन्धान गर्न सुरु गरेकाे हाे ।
अनुसन्धानकर्ताले आरोपी पक्ष र सोनाक्षीलाई छिट्टै आफ्नो पक्ष राख्नका सूचना पठाइएको जानकारी गराए ।
null
कटघरका शिवपुरी निवासी प्रमोद शर्माले ३० सेप्टेम्बरमा एक इण्डियन फेसन एण्ड ब्यूटी अवार्डको आयोजना गरेको थियो र यसमा अभिनेत्री सोनाक्षीलाई पनि बोलाइएको थियो ।
सोनाक्षी आउने भनिएको कार्यक्रमका लागि प्रमोदले फुल अन कम्पनीका मालिक अभिषेक सिन्हालाई २४ लाख बढी रकम जीएसटी करका लागि दिएका थिए । यसका साथै सोनाक्षीलाई बोलाउनका लागि ट्यालेन्ट फुल अन कम्पनीका पदाधिकारीले एक्सिड इन्टरटेन्मेन्ट कम्पनीका पदाधिकारी धूमिल ठक्कर, एडगर रिया र सोनाक्षीकी म्यानेजर मालविका पञ्जाबीसँग पनि सम्पर्क गरेका थिए र जूनमा सम्झौता गरिएको थियो ।
त्यसपश्चात् कुल ३७ लाख रुपैयाँ अनलाइन ट्रान्सफर गरिएको थियो जसमध्ये ४ लाख रुपैयाँ सोनाक्षी सिन्हाको खातामा ट्रान्सफर गरिएको थियो । र बाँकी अभिषेकको कम्पनी फुल अन र उनकी पत्नी स्वाति तथा आशीषको खातामा हालिएको थियो ।
कार्यक्रममा सोनाक्षी नआएपछि सोनाक्षी सिन्हा, अभिषेक सिन्हासहित सबै आरोपितलाई सूचना पठाइएको छ जसको खातामा रकम ट्रान्सफर गरिएको थियो ।