ग्लोबल आइएमई बैंकको १५औँ राजश्व संकलन काउण्टर सञ्चालनमा

 

पुस २४, काठमाडौं । ग्लोबल आइएमई बैंकको आजदेखी १५ औं राजस्व काउण्टर सञ्चालनमा आएको छ । बैंकले आन्तरिक राजस्व विभाग, करदाता सेवा कार्यालय, कावासोती, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा राजस्व संकलन काउण्टर सुरु गरेको हो । 

सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले राजस्व संकलन काउण्टर सञ्चालन गरेको बैंकले जनाएको छ । उक्त राजस्व संकलन काउण्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ । 

null

उक्त राजस्व संकलन काउण्टरको उद्घाटन आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख सुरज कुमार विश्वकर्माले गरेका थिए ।  

यसका साथै बैंकले ११६औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गत २० गते देखि पाल्पा जिल्लाको तानसेन नगरपालिका – १३, बौघा गुम्हामा ११६ औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यो शाखारहित बैंकिङ्ग सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छ । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यसैगरी विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।  

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि /सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

भने, मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा योगदान पुर्याउँदै आइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *