नेइमार नहुँदा चम्किए पिएसजीका तीन स्टार, दिलाय सहज जित

एजेन्सी – स्टार फरवार्ड नेयमार विनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा रेनिसलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।  

पीएसजीको फरासकिलो जितमा एडिन्सन काभनीले दुई तथा केलियान एमबाप्पे र एन्जल डि मारियाले समान एक गोल गरे । रेनिसका एमबाय नियाङले एक गोल फर्काए । नेयमार चोटका कारण मैदान बाहिर छन् । तर, खेलमा नेयमारको अभाव खड्किएन । घरेलु मैदानमा पीएसजीले खेलको सातौ मिनेटमा एडिन्सन काभनीको गोलबाट अग्रता बनाएको थियो । २८औं मिनेटमा एमबायले बराबरी गोल फर्काए । 

६०औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । ६६औं मिनेटमा केलियन एमबाप्पेल गोल गर्दै पीएसजीलाई ३–१ को स्थितिमा ल्याए । ७१औं मिनेटमा मिनेटमा काभाीले टिमको लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीलाई ४–१ को फराकिलो जित दिलाए ।  

null

 

फराकिलो जितसँगै पीएसजीले लिग वानमा १३ अंकको अग्रता लिन सफल भएको छ । पीएसजीको २० खेलबाट ५३ अंक पुगेको छ । २२ खेलबाट ४३ अंक जोडेको लिले दोस्रो स्थानमा छ । रेनिस ३० अंक जोडेर १०औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *