म्यानचेस्टर युनाइटेडको लगातार सातौँ जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले लगातार सातौँ जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा युनाइटेडले ब्राइटन होभ अल्वियोनलाई २–१ ले पराजित गरेको हो। 

युनाइटेडको जितमा पल पोग्वार र मार्कुस रासफर्डले गोल गरे । ब्राइटनका पास्कल ग्रसले एक गोल फर्काए । युनाइटेडले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । युनाइटेडले २७ औं मिनेटमा पल पोग्वाको पेनाल्टी गोलबाट खेलमा अग्रता लिन सफल भएको थियो । 

 

null

गाइटान बोङले पेनाल्टी बक्समा पोग्वालाई नै लडाएपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो । ४२ औं मिनेटमा मार्कुस रासफोर्डले डिएगो डालोटको पासमा गोल गरेपछि युनाइटेड २–० ले अघि बढेको थियो । ७२औं मिनेटमा पास्कल ग्रसले गोल गर्दै गोलअन्तर २–१ मा झारेपनि त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड २–१ ले विजयी हुन सफल भयो । 

जितपछि युनाइटेड २३ खेलबाट ४४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेडले एक खेल कम खेलको आर्सनललाई ३ अंकले पछि पारेको हो । ब्राइटन २६ अंक जोडेर १३औं स्थानमा छ । 

 

जितपछि युनाइटेड २३ खेलबाट ४४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेडले एक खेल कम खेलको आर्सनललाई ३ अंकले पछि पारेको हो । ब्राइटन २६ अंक जोडेर १३ औं स्थानमा छ ।नयाँ प्रशिक्षक आन्द्रे गनर सोल्सजर आएपछि युनाइटेडले लगातार सातौँ जित निकालेको हो।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *