महिला टी–ट्वान्टी क्रिकेटः नेपालको लगातार दोस्रो जित

 

पुस २९, काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–ट्वान्टी स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । 

आइतबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । 

null

मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । 

नेपाललाई जित दिलाउन रोमा थापाले अविजित २० रन र सिता राना मगरले १६ रनको योगदान गरिन् । 

ममता कुमारी चौधरी ९ रनमा अविजित रहिन् । मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले एक एक विकेट लिईन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रन बनाएको थियो । मलेसियाकी सिओ जीन यीले १२ रन जोडिन् । यस्तै युश्रीना याकोपले ११ रन जोड्दा अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । 

मलेसियालाई सस्तैमा समेट्न नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिईन् । यस्तै नेरी थापा, इन्दु बर्मा र कविता कुवरले एक एक विकेट लिए । 

पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले ४ अंक जोडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *