पर्यटनमन्त्री अधिकारीसहित पूर्वमन्त्री र सचिवलाई कारवाही सिफारिस
पुस १८, काठमाडौँ । वाइडबडी विमान खरिदका क्रममा भएको अनियमितताबारे छानबिन गर्न बनेको उपसमितिले बुधबार संसदको लेखा समितिमा आफ्नो प्रतिवेदन पेश गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारी र तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ ।
विमानबारे अध्ययन गर्न गठित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटी’ औंल्याउँदै बहालवाला पर्यटनमन्त्री अधिकारी, दुई पूर्वमन्त्री र तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको हो ।
null
तयार पारिएको प्रतिवेदनमा कमिसनलगायत हालसम्म पेस भएको प्रमाणका आधारमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरिएको छ। तर यो रकम बढ्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
छानबिन उपसमितिले पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाही, बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीमाथि छानबिन गर्न अख्यितारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै तीन सचिवहरुः कृष्णप्रसाद देवकोटा, प्रेम राई र शंकर अधिकारीलाई निलम्बन गरी कारबाही गर्न उपसमितिले अख्तियारलाई सिफारिस गरेको छ ।
उपसमितिले वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशारकारलाई तत्काल निलम्बन गरी कारबाही गर्न पनि सिफारिस गरेको छ ।
वाइडबडीमा भएको अनियमिता छानबिन गर्न सार्वजनिक लेखा समितिले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा सात सदस्यीय छानबिन उपसमितिले गठन गरेको थियो ।