डीपीएलको अक्शनमा खेलाडीको मूल्य ३० हजारदेखि साढे २ लाखसम्म (सूचीसहित)

 

पुस २१, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) का लागि खेलाडीको अक्शन समाप्त भएको छ । शनिबार आज क्रिकेटरहरु विभिन्न टीममा आबद्ध भएका हुन् । 

डीपीएल अक्शनमा आरिफ शेख, ललित भण्डारी, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की र ललितनारायण राजबंशी जनही साढे दुई लाख रुपैयाँमा विभिन्न टिममा अनुबन्ध हुँदा प्रदिप ऐरी २ लाख ४० हजार रुपैयाँमा रुपन्देहीमा आबद्ध भए । 

null

प्रदिप, विनोद भीम र ललित भण्डारीलाई रुपन्देहीले, आरिफलाई महेन्द्रनगरले, पवनलाई धनगढीले र ललित राजवंशीलाई काठमाडौंले डिपिएलका लागि अनुबन्ध गरेका हुन् । 

विराटनगर किंग्सले कुशल भुर्तेललाई १ लाख ६० हजार लगायो । सिवाइसि अत्तरियाले सन्दीप जोरालाई २ लाख ३० हजारमा अनुबन्ध गर्यो । 

धनगढीमा हुने प्रतियोगिताको लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका थिए । माघ २६ गतेदेखि हुने डीपीएलमा चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने भएका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *