एकदिवसीय क्रिकेट: युएईद्वारा नेपाललाई २५५ रनको लक्ष्य
मकालु खबर
२०७५ माघ १४ गते
माघ १४, काठमाडौँ । घरेलु टोली युएईले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाललाई २५५ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ रोजेको युएईले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५४ रन जोड्यो ।
null
युएईका लागि सिपी रिजवानले ४५, मोहम्मद उस्मानले २६ र घुलाम शब्बेरले १८ रन बनाए ।
नेपालका लागि करण केसीले दुई विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।
मकालु खबर
२०७५ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित