एनआई सी एशियाको नयाँ शाखा पोखराको बगरमा

 

माघ १४, काठमाडौँ । एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका वडा नं. १ वगरस्थित बगर बजारमा नयाँ शाखा विस्तार गरेको छ । 

शाखाको उद्घाटन एक भव्य समारोहकाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गरे । 

null

गत साउन २५ देखि कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका पौडेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलीकरण अभिवृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको बताए । 

बैंकले हाल मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म उक्त बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको प्रमुख बजार व्यवस्थापन अधिकृतसन्तोष कुमार राठीेले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *