मृगौला पीडित प्रतिमा राईद्धारा सहयोगको याचना
पुस २४, धरान । दुबै मृगौला खराब भई उपचारका लागी अस्पताल गएका मृगौला पिडित धनकुटाकी एक महिला समस्यामा परेका छन। आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछी धनकुटा सागुरीगढी वडा नं ७ की प्रतिमा बान्तवा राईको परिवारले आफुहरुलाई सहयोग गरिदिन सबै सँग आग्रह गरेका छन ।
करिब २ बर्ष अघि देखी दुबै मृगौला खराब भई उपचारका लागी वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान मा भर्ना भएकी ३७ बर्षिया राईको दुबै मृगौला प्रत्यारोपणका लागी र उनको जिबन बचाउनका लागि उनको परिवारले सबै सँग सहयोगकोलागि अनुरोध गरिरहेका छन । सुरुमा जीउ सुनिएर कालो हुने, ज्वोरो आउने, बान्ता आउने र प्रेशर बढ्ने लक्षण देखा परे पछी बिरामीलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
null
केही समयपछिको उपचारपछि डाक्टरले आत्तिनु पर्दैन भनेर उपचारपछि घर फर्काए पनी निको हुन नसके पछी बिरामीलाई थप चेकजाँच गराउँन मानव अंग प्रत्यारोपन केन्द्र लगेपछी मात्र मृगौला खराब भएको थाहा पाएको मंगलबार धरानको पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार माँझ पिडित राईले बताईन । राईका श्रीमान प्रकाश राईले सबै जायजेथा बेचेर भएपनि आफनी श्रीमतीको उपचारकालागि देशका बिभिन्न अस्पतालमा धाएका छन भने राईको ज्यान बचाउन मृगौला बदल्नुपर्ने डाक्टरहरुले सल्लाह दिएका छन। अस्पतालले मृगौला प्रत्यारोपणका लागी करिब १० लाख खर्च गर्नुपर्ने बताएपछी राईको परिवार आर्थिक संकटमा परेको छ। पैसा नजुटे उपचार हुन नसक्ने देखेकाले उनिहरु अहिले धरान लगायतका बिभिन्न निकायसँग पुगेर सहयोग जुटाउन सहयोग गरिदिन पत्रकार सामु हार गुहार गरेका छन् ।
बिरामीलाई सहयोग गर्न ईच्छुक निकाय वा व्यक्तिले उनका श्रीमान प्रकाश लाई ९८१९३१७६०३ वा उनको प्रभु बैंकको खाता नम्बर ०७११०७०११२६६०३०००००१ मा सहयोग गर्न सक्ने छन ।