करिना कपूर अब राजनीतिमा, यो पार्टीबाट लड्दैछिन् चुनाव
माघ ७, काठमाडौँ । बलिउड अभिनेत्री करिना कपूर खानका अधिकांश चलचित्र सुपरहिट छन् । आमा बनेपछि पनि उनको सुन्दरताको चमक कायमै छ । चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी करिना अब रानीतिमा प्रवेश गर्दैछिन् ।
मध्य प्रदेश कांग्रेसका नेताहरुले अभिनेत्री करिनालाई भोपाल संसदीय क्षेत्रबाट टिकट दिन माग गरिरहेका छन् ।
कांग्रेसका गुड्डु चौहान र अनीस खानको नेतृत्वमा कांग्रेसका एक समूहले छिट्टै नै एमपीका मुख्यमन्त्री कमलनाथसँग मिलेर करिनाका लागि पार्टीको टिकट दिन माग गर्नेछ ।
null
सैफ अली खान शाही परिवारसँग जोडिइरहन्छन् र उनका पिता र पूर्व भारतीय क्रिकेट टिमका कप्तान मंसूर अली खान पटौदीका भोपालमा जमेका छन् । यसै शिलशिलामा काँग्रेस नेताहरुको भनाइ छ कि जब बीजेपी एक्टर्स चुनाव लडेर जित हासिल गर्न सक्छन् भने यो कदम कांग्रेस पार्टीले पनि उठाउन जरुरी छ ।
भोपालका स्थानीय नेता भन्छन्, ‘अभिनेत्री करिनाको फ्यान धेरै छन्, साथमा उनलाई युवा र महिलाको पनि निकै साथ मिल्नेछ । यस समय भोपालका लोकसभा सीटमाथि बीजेपीका आलोक संजर सांसद छन् र उनले २०१४ को लोकसभा चुनावमा कांग्रेसका पीसी शर्मालाई लाखौँ भोटले हराएका थिए ।