‘मणिकर्णिका’ रिलिज अगावै निर्माता कमल जैनलाई प्यारालाइसिस !
मकालु खबर
२०७५ माघ ६ गते
माघ ६, काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनौतीको चलचित्र मणिकर्णिका द क्वीन अफ झाँसु अर्को हप्ता २५ जनवरीमा रिलिज हुँदैछ ।
रिलिज अगावै उक्त चलचित्रका निर्माता कमल जैनलाई प्यारालाइसिस भएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ । निर्माता जैनको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
null
कमल जैनले आफ्नो स्वास्थ्यका बारेमा ट्वीटमार्फत् जानकारी दिएका थिए । त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर भएको हो । उनलाई भेन्टिलेटरमा राखिएको छ ।
उनले ट्वीटमा लेखेका थिए, ‘प्रिय मित्रहरु, यो अस्पतालमा रहने समय होइन । आशा गर्छु छिट्टै स्वस्थ हुनेछु । साथै मेहनतको सफलताको आनन्द लिन पाउनेछु । सबैलाई मेरो शुभकामना ।’
मकालु खबर
२०७५ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित