इन्डोनेसियामा पहिरोबाट ज्यान गुमाउँनेको संख्या ३२ पुग्यो

पुस २३ , जकार्ता । इन्डोनेसियामा नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको अधिकारीहरुले जनाएका छन् । 

बेपत्ता व्यक्तिहरुको एक हप्ता लामो खोजी कार्यपछि सोमबार अन्त्य गरिएको छ । पहाडी इलाकामा गएको यस पहिरोबाट उद्धारकर्ताहरुले शव तानेर निकालेका थिए । इन्डोनेसियाको पश्चिमी प्रान्त जाभामा भारी वर्षापछि पहिरो गएको थियो । 

गत डिसेम्बर ३१ मा गएको यस पहिरोमा परी अन्य कैयौं व्यक्ति घाइते भएका छन् । पहिरोमा बेपत्ता व्यक्तिको खोजी कार्य सोमबारबाट बन्द गरिएको प्रहरी प्रमुख आगुङ बुदी मार्योताले बताएकाे छ । 

null

पहिरोमा परेका एक व्यक्ति अझै बेपत्ता रहेको उद्धारकर्मीले बताएका छन् । इन्डोनेसियामा पहिरो एक साधारण घटनाको रुपमा रहँदै आएको छ । 

गत अक्टोबरमा पनि पश्चिमी इन्डोनेसियाको कैयाैँ प्रान्तमा आएको बाढी र पहिरोका कारण २० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सन् २०१६ को जुन महिनामा जाभाको मध्य भागमा आएको बाढी पहिरोबाट ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *