प्रहरीलाई ज्याकेट वैशाखमा
मकालु खबर
२०७५ पुस २५ गते
काठमाडौं । देशभरीका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्तामात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ ।
टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ । आजको नयाँ पत्रिका दैनिकले प्रहरीलाई बैशाखमा नयाँ ज्याकेट आउने खबर छापेको छ ।
समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको चिसोमा प्रहरीको ज्याकेट नलगाई ड्यूटी गर्न बाध्य भए । खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन् ।
null
मकालु खबर
२०७५ पुस २५ गते
प्रतिक्रिया