शिखर सुज मेला भोली सकिँदै, भारी छुटमा जुत्ता चप्पल खरिद गर्ने अन्तिम अवसर

 

माघ १२, काठमाडौं । स्वदेशी जुत्ता चप्पलमा स्थापित ब्राण्ड शिखर सुजको एकल प्रर्दशनी भोलीबाट सकिँदैछ । पुस २० गतेदेखि राजधानीको भृकूटीमण्डपमा जारी शिखर सुज मेलामा उपभोक्ताले डेढ सयदेखि ९ हजारसम्मका गुणस्तरीय जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । 

शिखर सुज विन्टर सेल मेलामा विद्यार्थी, युवा युवती तथा सबै वर्ष उमेर समुहका लागि भारी छुटमा जुत्ता चप्पल विक्रि गरिएको शिखर सुज इन्डष्ट्रिज प्रा.लि.का म्यानेजिङ डाइरेक्टर रामकृष्ण प्रसाईले बताए । ‘हामी कहाँ हजार भन्दा बढि आइटमका जुत्ता चप्पल छन्, मेलामा उपभोक्ताले आफ्नो रोजाई अनुसार छानीछानी जुत्ता चप्पल खरिद गर्ने अवसर छ ।’ उनले भने । 

null

शिखर सुजले मेलामा आउने उपभोक्तालाई लक्षित गर्दै जुनसुकै जुत्ता चप्पलमा भारी छुट दिएको छ । मेलामा ३ सयमा २ जोडी सम्म जुत्ता चप्पल खरिद गर्न सकिन्छ । 

 

मेलामा उपभोक्ताले स्कुल कलेज सुज, स्पोर्टस सुज, जगिङ सुज, पार्टी वेयर, क्याजुवल महिला पुरुषका सबै प्रकारका जुत्ता चप्पल खरिद गर्न पाउँछन् । अहिले विशेषगरी विवाहको समय भएकोले पार्टी वेयर जुत्ताहरु र जाडोको जुत्ताचप्पलहरु बढि मात्रामा उपभोक्ताले रुचाएको कम्पनीको दावि छ । 

‘२० दिनका लागि सञ्चालन गरिएको सेल मेलामा उपभोक्ताको अत्याधिक चाप बढेकोले थप गरेका छौं, मेला भोली सम्म रहनेछ ।’ प्रसाईले भने । एकै छानामुनी सबै उमेर समुहका लागि चाहिने जुत्ता चप्पल पाइने भएकोले शिखर सेल मेलाबाट उपभोक्ताले अत्याधिक लाभ लिन सक्ने उनको दावि छ । 

पुस २० गतेबाट सुरु शिखर सेल मेलामा लाखौं उपभोक्ताले सहभागीता जनाइसकेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *