सतुंगलकाे कपास फ्याक्ट्रीमा आगलागी, नजिकका घरमा पनि क्षति

पुस १९, काठमाडौं । चन्द्रागिरि ११ सतुंगलकाे एक कपास फ्याक्ट्रीमा आगलागी भएको छ । सतुंगलमा रहेको कपडा पेल्ने फ्याक्ट्रीमा आगलागी भएको हो । 

आगलागीको कारण खुल्न सकेको छैन भने आगलागीले नजिकका घरमा समेत क्षति पुगेको छ । चन्द्रागिरि नगरपालिका मेयरघनश्याम गिरीका अनुसार फ्याक्ट्रीबाट आगलागी सुरु भएको भए पनि कारण भने पत्ता लाग्न सकेको छैन । 

 

null

अहिले दमकलले आगो निभाउने प्रयास जारी रहेको छ । आगो निभाउन नेपाल प्रहरी, शशत्र प्रहरी, नेपाली सेनाको दमकल प्रयाेगमा ल्याउँदा समेत आगो अझै नियन्त्रण आउन सकेको छैन । 

आगलागी नियन्त्रणका लागि ५ सय भन्दा वढि सुरक्षाकर्मी परिचालित छन । साँझ करिव ६ वजे देखि लागेको आगो नियन्त्रणमा ल्याउन प्रयास भइरहेकाे छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *