विराटनगरको पाञ्चालीमा शंकास्पद शव फेला
विराटनगर, पुस २४ । विराटनगर महानगरपालिका वडा नं. ११ पाञ्चालीस्थित आँप बगैंचामा एक ब्यक्तिको शंकास्पद अवस्थामा शव फेला परेको छ ।
डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको शव विराटनगर बखरीका हरीलाल रामको भएको प्रहरीले जानकारी दिएको छ । उनी निर्माण मजदुर भएको बुझिएको छ ।
null
मृतक रामको शवको पिठ्युमा रगत बगेको देखिएको छ । घटनाको प्रकृति हेर्दा हरिलालको हत्या गरेर झुण्डाइएको हुनसक्ने मृतकका आफ्न्तले बताएका छन ।
हरिलालले बखरी प्रहरीचौकी पछाडि पट्टी आफ्नो ६ धुर जग्गामा पक्की घर निर्माण गर्दै आएको र निर्माणस्थलमा राखिएको सामान चोर्न आउने व्यक्तिहरुले हत्या गरेको हुनसक्ने आफन्तले आशंका गरेका छन् ।
आँपको होचो रुखमा झुण्डिएको अवस्थामा फेला परेको शव हात र खुट्टा रुखमा अडेस लागेको अवस्थामा भेटिएको छ । प्रहरीले शवको मुचुल्कागरि पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ ।