उपाधि जितिसकेको मनाङ इतिहास बनाउने मौकाबाट चुक्यो

 

पुस २४, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको आफ्नो अन्तिम खेलमा पराजित हुँदा मनाङले केही इतिहास रच्ने मौका समेत गुमाउन पुग्यो। ठूला भनिएका क्लबलाई निराश बनाउँदै १२ औं खेलसम्म जितको स्वाद लिएको मनाङलाई अन्तिम खेलमा फ्रेन्ड्सले दुखद बिदाइ गरिदियो। 

मनाङ मस्र्याङ्दी क्लबले अपराजित रहँदै शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जित्ने सपना अधुरै रह्यो। पाँच वर्षपछि सुचारु भएको शहिद स्मारक ए डिभिजन लिगको आफ्नो अन्तिम खेलमा मनाङ मंगलबार फ्रेन्ड्स क्लबसँग १–० गोलले पराजित भयो। 

null

फ्रेन्ड्सका विकाश लामाले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा हेडमार्फत गोल गरेका थिए। तीन खेल पहिले नै उपाधि उचालेको मनाङलाई ११ औं स्थानमा रहेको फ्रेन्ड्सले अन्तिम खेलमा हरायो। 

मनाङले अघिल्ला सबै १२ खेलमा जित हात पारेको मनाङले १३ खेलबाट ३६ अंक जोड्यो। दोस्रो स्थानमा रहेको संकटाले २८ अंक बनाउँदा थ्रीस्टार २६ अंकसहित तेस्रो भयो। 

चौथो स्थानमा रहेको नेपाल आर्मीले २५ अंक जोड्दा मनाङलाई हराएको फ्रेन्ड्स १२ अंक जोड्दै तालिकाको ११ औँ स्थानमा रह्यो। 

१४ टोली सहभागी प्रतियोगिता राउन्ड रोबिन आधारमा सन्चालन भएको थियो। यसपटक लिगमा रेलिगेसनको प्रावधान थिएन। लामो समयपछि लिग सन्चालन भएको भन्दै एकपटकलाई रेलिगेसन नराखिएको अखिल नेपाल फुटबल संघले जनाएको छ। मनाङ कीर्तिमानी आठौँ पटक घरेलु लिगको विजेता बनेको हो । 

मनाङको उपाधि यात्रामा विदेशी खेलाडी ओलावाले अफिज र अन्जन विष्टको भूमिका महत्वपुर्ण रह्यो। प्रतियोगितामा अफिजले ७ र अन्जनले ५ गोल गरे। 

अफिज सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा रहे। प्रतियोगितामा मनाङ सबैभन्दा बढी गोल गर्ने र सबैभन्दा कम गोल ब्यहोर्ने टोली पनि बन्यो। उसले २३ गोल गर्यो भने केवल ६ गोलमात्र खायो। ११ औँ खेलमा संकटालाई हराएपछि मनाङले दुई खेल बाँकी छँदै उपाधि जित्ने निश्चित गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *