सरकार विरुद्ध तरुण दलले देशभर प्रर्दशन गर्दै (तालिका सहित)

पुस २८, काठमाडौँ । सरकारका गलत कृयाकलापका विरुद्ध नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दलसमेत रहेको सरकार विरुद्ध तरुण दललाई सडकमा उतार्ने भएको हो । 

शनिबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् । 

तरुण दलले कम्युनिष्ट सरकारको अधिनायवाद चरित्र, भ्रष्टाचार, महंगी, मूल्यवृद्धि, वाइडबडी र निर्मला पन्त हत्या प्रकरणलगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन गर्ने शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

null

कहिले कहाँ हुँदैछ कार्यक्रम ?माघ ८ गते प्रदेश १ को विराटनगर 

माघ ९ गते प्रदेश २ को जनकपुर 

माघ १० गते प्रदेश ३ को हेटौंडा, 

माघ ११ गण्डकी प्रदेशको पोखरा 

माघ १२ गते प्रदेश ५ को भैरहवा 

माघ १३ कर्णाली प्रदेशको सुर्खेत 

माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढी 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *