यहाँ बन्नेछ समुन्द्रभित्र २०६ किलोमिटर लामो सुरुङ्ग

 

माघ १६, काठमाडौँ । विज्ञान प्रविधिको सहयोगबाट मानिसहरु चन्द्रमा सम्म पुगिसकेका छन्, समुन्द्रमा घर बनाउँदै छन् । अब मानिसहरुले समुन्द्रमुनि पनि मज्जाको रफ्तार लिन सक्नेछन् । 

नर्वेले छिट्टै नै समुन्द्रमुनि तैरिने सुरुङ्ग निर्माण गर्दैछ । परियोजनाको काम गरिरहेको सरकारी संस्था नर्वेजियन पब्लिक रोड्स एडमिनिष्ट्रेशनले २०५० सम्ममा यसको निर्माण पुरा गर्ने लक्ष्य लिएको छ । 

null

कंक्रिटबाट तयार हुन लागेको यो सुरुङ्गमा दुई लेन बनाइने छ । १०० फिटको गहिराईमा स्थापित हुने यो सुरुङ्ग २०५ किलोमिटर लामो हुनेछ । सुरुङ्ग नियन्त्रित गर्नको लागि पानीको सतहमा पुल बनाइने छ । 

 

उक्त पुलको बीचमा पर्याप्त दूरी हुनेछ ताकि जहाज यसको बीचबाट पास हुन सकोस् । यहाँ सुरुङ्ग यस्तो मजबूत हुनेछ कि यसमाथि कुनै प्रकारको मौसमको असर हुनेछैन । यसको निर्माणमा चालीस अरब डलर लागत लाग्ने बताइएको छ । 

नर्वेले यदि यो परियोजना सफल बनायो भने समुन्द्रमुनि सुरुङ्ग बनाउने पहिलो देश बन्नेछ नर्वे । चीन, दक्षिण कोरिया, इटाली र इन्डोनिसया पनि यस परियोजनामा काम गर्दैछन् । 

 

पश्चिम नेर्वे स्थिति क्रिस्टियानसेन्ड र ट्रानहेम नामक दुई शहर जोड्नका लागि नर्वेले यो यसको निर्माण गर्न लागेको हो । जसको बीचको दूरी करिब ११०० किलोमिटर छ । जहाँ पुग्न २१ घण्टा लाग्छ । तर यो सुरुङ्ग बनेपछि भने यो दुरी मात्र केही घण्टाको रहनेछ । 

 

यो सरुङ्ग निर्माण गर्नु कुनै नयाँ विचार भने होइन । १८८२ मा ब्रिटिश सैनिक आर्किटेक्ट एडवर्ड रीडले पनि एक यस्तै सुरुङ्गका प्रस्ताव राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *