बार्सिलोना कोपा डेल रेको क्वार्टरफाईनलमा प्रवेश

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । दोस्रो लेगको खेलमा लेभान्तेलाई ३–० ले पराजित गर्दै बार्सिलोना समग्रमा ४–२ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गरेको हो । 

अघिल्लो चरण प्रवेश गर्न बार्सिलोनालाई जित्नैपर्ने दबाब थियो । लेभान्तेले घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा बार्सिलोनालाई २–१ ले पराजित गरेको थियो ।  

बार्सिलोनाको जितमा उसमान डेम्बेलेले २ तथा लियोनल मेस्सीले एक गोल गरे । 

null

खेलको ३० औ मिनेटमा पहिलो गोल गरेको डेम्बेलेले एक मिनेट पछाडी दोस्रो गोल थपेका थिए । ५४ औ मिनेटमा मेस्सीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *