‘रणवीर कपूरसँगको ब्रेकअपपछि डिप्रेशनमा थिएँ, मेरा दिनहरु रोएरै बिते’
पुस २२, काठमाडौँ । दीपिका पादुकोण अहिले ३२ वर्षकी भइन् । ५ जनवरीमा उनको जन्मदिन पर्छ । सन् १९८६ मा कोपेनहेगेन, डेनमार्कमा जन्मिएकी दीपिकाले डिप्रेशनबाट ग्रसित मानिसहरुको सहयोगका लागि ‘लिभ लभ लाईफ फाउन्डेसन’ सञ्चालनमा ल्याएकी छिन् ।
२०१४ मा दीपिकाले यस फाउन्डेसनको शुरुवात गरेकी थिइन् । तर कतिलाई थाहा नहुन सक्छ फाउन्डेसन सञ्चालन गर्नुको कहानी । दीपिकाको यस कदम पछाडि उनको दुःखद् अतीतको सुखद् भूमिका छ ।
null
वास्तवमा दीपिका आफैं पनि एक समय डिप्रेशनबाट पीडित थिइन् । दीपिका आफैंले एक अन्तर्वार्तामा आफ्नो अतीतको बारेमा बताएकी थिइन् ।
दीपिका पादुकोणले अन्तर्वार्तामा भनेकी थिइन् कि, ‘रणवीर कपूरसँगको ब्रेकअपपछि म निकै टुटेकी थिएँ । मेरा दिनहरु रोएरै बिते । यहाँसम्म कि म डिप्रेशनमा पुगेँ । त्यसैले एक्लोपनबाट बच्नका लागी मैंले आफूलाई काममा नै व्यस्त राख्न थालेँ ।’
दीपिकाले अघि भनिन्, ‘सम्बन्ध तोडिएपछि मलाई महसुस भयो कि म कसैसँग पनि यति निकट हुनु हुँदैन । ब्रेकअपपछि म निकै रोएँ । तर यसले मलाई राम्रो मान्छे बनाउन भूमिका खेल्यो ।’
दीपिकाले रणवीर सिंहसँग ६ वर्षको प्रेमपछि विवाह गरिसकेकी छिन् । तर रणवीर सिंह भन्दा पहिले उनको सबैभन्दा चर्चित अफेयर रणवीर कपूरसँग थियो ।
कपूर र पादुकोण ‘बचना ए हसिनो’ को सेटबाट नजिकिएका थिए । तर उनीहरुको छिट्टै ब्रेकअप भयो । भनिन्छ कि रणवीरले कैटरिना कैफको लागि दीपिकालाई धोका दिएका थिए ।