१० – ० को जितसहित म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा

एजेन्सी । म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बुर्टोन अल्बियनलाई १ – ० ले हराउँदै समग्रमा १० – ० को जितसहित सिटी फाइनलमा प्रवेश गरेको हो । 

अल्बियनको घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले निर्णायक गोल गरे । खेलको २६ औ मिनेटमा अग्युरोले गरेको गोल सिटिको जितमा निर्णायक बनेको थियो । यसअघि पहिलो लेगमा सिटीले ९ – ० को जित निकालेको थियो  । 

अब सिटीले फाइनलमा चेल्सी र टोटेनहमबीचको विजेतासंग खेल्ने छ । दुई टोलीबीचको पहिलो लेगमा टोटेनहम १ – ० ले अघि छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *