अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको ट्रफि  डिपो र पर्वतलाई 

 

माघ ६, धरान । धरानमा सम्पन्न अन्तर विद्यालय छात्र तथा छात्रा बास्केटवल प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा छात्र तर्फ डिपो र छात्रा तर्फ पर्वत ईङलीस बोर्डिङ्ग स्कुल बिजयी हुँदै ट्रफी हात पार्न सफल भएको छ । 

पर्वत र आइडियल स्कुल बिच भएको पहिलो फाइनल खेलमा पर्वतले ५/३ र ३/६ अंकको स्कोर बनाएको थियो भने आइडियलले ३/० र २/० को अंकको स्कोर बनाएको थियो । त्यस्तै खेलको समाप्तिसँगै पर्वतले आइडियल स्कुललाई १७/५ अंकको सोझो सेटमा हराएर बिजयी बनेको हो ।  

null

उता डिपो स्कुल र लोटस विद्धा विहार बिच भएको फाइनल खेलमा डिपोले पहिलो सेटमा ८/१४ र १३/१२ अंकको स्कोर खडा गरेकोे थियो भने सोही खेलमा लोट्सले ७/६ र ११/५ अंकको स्कोर बनाएको थियो । 

खेलको समाप्तिमा डिपोले लोट्सलाई ४७/२९ अकंको स्कोरले पराजित गरी विजयी बनेको हो । त्यस्तै छात्रा तर्फको खेलमा पर्वतका खेलाडी सितल तामाङले व्यक्तिगत १३ स्कोर गरेकी थिईन भने छात्र तर्फ डिपोका वैभव योगीले सर्वाधिक ३१ अंकको व्यक्तिगत स्कोर गरेका थिए । बिजेता तथा उपविजेता टिमले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । 

 

त्यस्तै व्यक्तिगत पुरस्कार तर्फ मस्ट भ्यालुएबल प्लेयर छात्रामा शितल तामाङ र छात्रमा वैभव योगी घोषित भए भने । यस्तै राइजिङ प्लेयर छात्रा चिल्ड्रेन्स एकेडमीका निवा लिम्बु र छात्र लोट्सका नितेश क्षेत्री घोषित भएका थिए । उनिहरूलाई ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरीएको थियो । 

बिजयी टिम र खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, विशेष अतिथी सुनसरी जिल्ला बास्केटबल संघका अध्यक्ष नारायाण सुवेदी, अतिथीहरु एम्स कलेजका संचालक सदस्य हेमन्त भण्डारी र सन्तोष कोइराला, सगरमाथा एसडी कलेजका प्रिन्सिपल सन्तोष राई, डिजे मलिक स्याडो लगायतले पुरस्कार वितरण गरेका थिए । 

आजकै दिनबाट विश्वमा बास्केटबल खेल खेल्न सुरू भएको दिनको सम्झनामा कार्यक्रममा बास्केटबल आकारको केक काटेर उद्घाटन गरिएको थियो भने आजकै दिनबाट संसारै भरी बास्केटबल खेल्न सुरू गरेको १२७ वर्ष पुरा भएको छ । सो अन्तर विद्यालय छात्र तथा छात्रा बास्केटवल प्रतियोगिताको आयोजना जुनियर पायनीयर बिलयलका पुर्व जुनियर पायनीयर विद्यार्थी संगठनले गरेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *