महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो !

 

पुस २०, काठमाडौँ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ । 

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो । 

null

वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै कालोमोसो दलिएको  क्रान्तिकारी युवा लिगले बतायो । 

वाइडबडी खरिद प्रकरणमा चार अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको भन्दै संसदको सार्वजनिक लेखा समितिको छानविन उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो । 

उनलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न निर्देशन दिइएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *