म्यानचेस्टर सिटीको सहज जित, लिभरपुलसँग अंक दुरी घटाउँदै

एजेन्सी । इंग्लिस प्रिमियर फुटबलमा साबिकको विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार भएको खेलमा सिटीले हडर्सफिल्ड टाउनलाई ३ – ० गोल अन्तरले  हराएको हो । 

हडर्सफिल्डलाई उसैको मैदानमा हराउन सिटीका लागि डानिलो, रहीम स्ट्रलिङ र लोरी सानेले एक एक गोल गरे । 

रेलिगेसन जोनमा रहेको हडर्सफिल्डविरुद्ध सिटीले खेलको १८ औ मिनेटमा डानिलोको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । 

null

दोस्रो हाफमा सिटीले थप २ गोल गर्यो  । खेलको ५४ औ मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीको अग्रता २ – ० को बनाए । त्यसपछि खेलको ५६ औ मिनेटमा सानेले गोल गर्दै सिटीलाई ३ – ० को जित दिलाए ।   

जितसंगै सिटीले लिग लिडर लिभरपुलविरुद्धको अंक दुरी घटाएको छ । र, उपाधि होडमा सिटीले दबाब बढाएको छ । सिटीले २३ खेलबाट ५६ अंक जोडेको छ  । तर, सिटी लिभरपुलभन्दा अझै ४ अंकले पछि छ । लिभरपुलको ६० अंक छ । पराजित हडर्सफिल्ड ११ अंक जोडेर लिगको पुछारमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *