प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले लिए सपथ

 

पुुस १८, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सपथ ग्रहण गरेका छन् । 

मंगलबार प्रधानन्यायाधीशका लागि स्वीकृत भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले चोलेन्द्र शमशेर राणालाई शितल निवासमा सपथ ग्रहण गराएकी हुन् । 

null

जबराले आजै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्नेछन् । 

संसदीय सुनुवाइ समितिले उनीमाथि परेका उजुरीका बारेमा सुनुवाइ गर्दै उनको नाम प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको थियो। 

चोलेन्द्रशमशेर राणाले बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै आफ्नो कार्ययोजना पूरै पालना गर्ने बताएका थिए । 

राणाले संविधानको प्रस्तावनामा उल्लेख स्वतन्त्र न्यायापालिकाको भावनाअनुसार कार्य गरी सेवाग्राहीको न्यायप्रतिको आस्था मर्न नदिने तथा न्यायालय सुधारेरै छोड्ने जिकिर गरेका थिए । 

गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *