रुसमा विस्फोटबाट १४ को मृत्यु, २७ अझै बेपत्ता

पुस १८, मस्को । मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु छ । 

भग्नावशेष भवनबाट शवहरु निकाल्ने कार्य उद्धारकर्ताहरुले जारी राखेका छन् । 

पूर्वी मस्कोबाट करिब १ हजार ७०० किलोममिटर टाढा रहेको यस इलाकामा भएको विस्फोटबाट १४ व्यक्तिको शव निकालिएको र अन्य २७ अझै बेपत्ता रहेका स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । 

null

सो विस्फोटपछि भवनभग्नावशेषबाट पाँच व्यक्तिलाई भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका सो व्यक्तिहरुमा एक बालकसमेत रहेका छन् । सो विस्फोटबाट यस इकालामा रहेका ८६ आवासिय भवनमा क्षति नभएको पनि जानकारी सरकारी स्रोतले दिएको छ । 

करिब ११ सय व्यक्तिको बसोवास रहेको यस आवासिय क्षेत्रका भीषण विस्फोट भएको बताइएको छ । यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्टहरु ध्वस्त भएका र १० वटा क्षतिग्रस्त भएका बताइएको छ । यस विस्फोटबाट नयाँ वर्षका दिनमा दर्जनौको सङ्ख्यामा व्यक्तिहरु घरवारबिहीन भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *