मुखमा र जिब्रोमा खटिरा आउँने समस्याबाट हैरान हुनुहुन्छ ? यसो गर्नुहोस
पुस २० । अक्सर धेरै मानिसको मुखमा आउने साना बिबिरा, मसिना सेता खालका फोकाफोकी जस्ता देखिने घाउले धेरैलाई सताएको छ । यि समस्याबाट धेरै मानिस पिडित छन् । मुखमा यसरी घाउ आउँदा हामीलाई एकदम गाह्रो हुन्छ, केही खाँदा पनी पोल्ने दुख्ने हुन्छ ।
यी घाउ मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ । यस्तो घाउ स–सानो एक वा धेरै मात्रामा आउन सक्छ । त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो भई बिभिन्न रोगहरु पनि लाग्न सक्छ । त्यसैले यी घाउहरु हुन नदिन तल दिएको जस्तो गर्नुहोस् ।
null
– हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने ।
– बढी चिल्लो नखाने ।
– पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने ।
– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
– हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने ।
– निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने ।
– पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने ।
– जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।
– बदाम भिजाएर खाने ।
– मह घाउमा लपक्क लगाउने ।
यदी बारम्बार यस्तो समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ ।